Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग पराजित


    आइतबार, असार ३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता नेपाल पहिलो खेलमा जिम्बाबेसँग पराजित भएको छ । आजको खेलमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको हो।

    नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि हरारेको मैदानमा नेपाली बलरहरु घरेलु टोली जिम्बाव्वेलाई रोक्न असफल भए ।

    २९१ रनको लक्ष्य जिम्बाव्वेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो । उसका लागि क्रेग एर्विन र सेन विलियम्स दुवैले शतकीय पारी खेले । वेस्ली मधेभरे ३२ तथा जोयलर्ड गम्बी २५ रनमा आउट भए ।

    हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ एक दिवसीय क्रिकेटमा आफ्नो तेस्रो ठूलो योगफल २९० रन बनाएको थियो ।

    .

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार