Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मेयर बालेनविरुद्ध अखिल क्रान्तिकारीले आन्दोलन गर्ने


    शनिबार, असार २ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध आन्दोलन गर्ने भएको छ । आफ्नो संगठनले विद्यालयहरूमा लगाएको ताला खोलेकोप्रति आक्रोशित हुँदै अखिल क्रान्तिकारीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

    शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी केही ठूला शैक्षिक संस्थाहरूको कमिसन लिएर मेयर शाहले प्रहरी लगाएर ताला खोलेको उनीहरुको आरोप छ।

    संगठनका केन्द्रीय सचिव प्रशुन कार्कीले मेयर बालेनले शैक्षिक माफियाहरुसँग साँठगाठ गरेर आफ्नो संगठनसँग द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउँदै भने,‘खबरदार बालेन्द्र राजासँग नडराएको क्रान्तिकारी कमजोर छैन तिमीले ठुलो मूल्य चुकाउनु पर्छ ।’

    कार्कीले गरिब, जेहेन्दार र अल्पसङ्ख्यकहरूलाई छात्रवृत्ति दिनुपर्छ भन्ने मुद्दा सफल गराएको र सोही अनुसार १० प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था भएको र त्यस विरुद्ध कोही पनि जानु घातक हुने चेतावनी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार