काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा देशको राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ । राजनीतिक दलका नेताहरुबीच भेटघाट तीब्ररुपमा भइरहेको छ ।
सोमबार काठमाडौंमा दिनभर विभिन्न दलका शीर्षनेताबीच भएका भेटघाटले राजनीतिक वृत्तमा तरंग ल्याएको हो ।
सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरेका थिए । उनीहरूबीच समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।
एमालेले लामो समयदेखि संसद् पुनस्र्थापनाको माग गर्दै आएको छ भने कांग्रेसले पनि त्यसमा सहमति जनाउँदै आएको छ । यही सन्दर्भमा देउवा–ओली भेटलाई आगामी राजनीतिक सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।
यसैबीच, सोमबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब सात घण्टा लामो छलफल भएको छ ।
भेटमा मुख्यतः आउँदो निर्वाचन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । दुवै नेता तोकिएको समयमै निर्वाचन हुनुपर्ने अडानमा छन् ।
रवि र बालेनलाई परिवर्तन र वैकल्पिक राजनीतिका प्रतीकका रूपमा हेर्नेहरूका लागि उनीहरूको भेटलाई अर्थपूर्ण मानिएको छ। कतिपयले दुवै नेता मिलेर अघि बढ्नुपर्ने माग गर्दै आएका बेला भएको यो भेटले भविष्यमा सहकार्यको सम्भावनाबारे अड्कलबाजी बढाएको छ ।
सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ । मिति नजिकिँदै जाँदा ठूला दलदेखि नयाँ शक्तिसम्म सक्रिय बन्दै गएको देखिन्छ । कांग्रेस–एमालेबीच चुनावमा मिलेर जाने चर्चासँगै बालेन र रवि मिलेर निर्वाचनमा जाने संभावना उनीहरुको भेटघाटबाट देखिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend