काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा देशको राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ । राजनीतिक दलका नेताहरुबीच भेटघाट तीब्ररुपमा भइरहेको छ ।
सोमबार काठमाडौंमा दिनभर विभिन्न दलका शीर्षनेताबीच भएका भेटघाटले राजनीतिक वृत्तमा तरंग ल्याएको हो ।
सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरेका थिए । उनीहरूबीच समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।
एमालेले लामो समयदेखि संसद् पुनस्र्थापनाको माग गर्दै आएको छ भने कांग्रेसले पनि त्यसमा सहमति जनाउँदै आएको छ । यही सन्दर्भमा देउवा–ओली भेटलाई आगामी राजनीतिक सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।
यसैबीच, सोमबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब सात घण्टा लामो छलफल भएको छ ।
भेटमा मुख्यतः आउँदो निर्वाचन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । दुवै नेता तोकिएको समयमै निर्वाचन हुनुपर्ने अडानमा छन् ।
रवि र बालेनलाई परिवर्तन र वैकल्पिक राजनीतिका प्रतीकका रूपमा हेर्नेहरूका लागि उनीहरूको भेटलाई अर्थपूर्ण मानिएको छ। कतिपयले दुवै नेता मिलेर अघि बढ्नुपर्ने माग गर्दै आएका बेला भएको यो भेटले भविष्यमा सहकार्यको सम्भावनाबारे अड्कलबाजी बढाएको छ ।
सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ । मिति नजिकिँदै जाँदा ठूला दलदेखि नयाँ शक्तिसम्म सक्रिय बन्दै गएको देखिन्छ । कांग्रेस–एमालेबीच चुनावमा मिलेर जाने चर्चासँगै बालेन र रवि मिलेर निर्वाचनमा जाने संभावना उनीहरुको भेटघाटबाट देखिएको छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend