Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट


    शुक्रबार, असार १ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

    पूँजीगततर्फ २० अर्ब १९ करोड अर्थात् ६०.४ प्रतिशत बजेट ल्याइएको छ । सरकारले १ अर्ब ७० करोडको घाटा बजेट ल्याएको हो । यसरी कम हुन आउने बजेट आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाएको अर्थमन्त्री आलेले बताएका छन् ।

    सरकारको अनुमानित बजेटमध्ये वित्तीय व्यवस्थातर्फ ५० करोड अनुमान गरिएको छ । आगामी वर्ष १.५ प्रतिशत प्रदेश सञ्चिति कोषमाथि व्ययभार पर्ने अनुमान गरेको अर्थमन्त्री आलेले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार