Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १२ जनाको नामबाट ६३ वटा खाता खोलेर वान एक्स बेट, एकै जनाको ६४ करोडको कारोबार


    बुधबार, जेष्ठ ३१ २०८०
    1.4K
    Shares
    kqmfp k/]sfx? ;fj{hlgs sf7df8f}F, #! h]7 M g]kfnsf] sfg'gn] lgif]w u/]sf] cgnfOg a]l6ª ;fO6 jfg PS; a]6 v]nfpg] sfo{df ;+nUg /x]sf] cleof]udf gub;lxt kqmfp k/]sfx?nfO{ a'waf/ ;fj{hlgs ub}{ pkTosf ck/fw cg';Gwfg sfof{no . tl:a/ M ljdnaxfb'/ lji6÷/f;;
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेलेको आरोपमा पाँच जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोड रुपैयाँको अवैध कारोबार गरेको फेला परेको प्रहरीले बताएको छ ।

    कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विशाल थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टको रुपमा सक्रिय भएको पाइएको प्रहरीले जनाएको छ ।

    सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोज केसीले जानकारी दिए । उनका अनुसार उनीसहित सट्टेबाजीको एजेन्टकारुपमा सक्रिय रहेका अन्य चार जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

    पक्राउ पर्नेमा दिनेश खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने छन् । उनीहरुले सट्टेबाजमा ७४ करोड १३ लाख कारोबार गरेको पाइएको छ । कार्यालयले बरामद सामग्रीसहित उनीहरुलाई आज सार्वजनिक गरेको हो ।

    उनीहरुले क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम मुद्दा अघि बढाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार