Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतसँग सप्तरीवासीको हित हुने गरी सम्झौता गर्न प्रधानमन्त्रीलाई सीके राउतको सुझाव


    मंगलबार, जेष्ठ १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको क्रममा सप्तरीवासीको हित हुने गरी सम्झौता गर्न आग्रह गरेका छन् । भोलि भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई उनले यस्तो सुझाव दिएका हुन् ।

    उनले सप्तरीमा रासायनिक मलखाद उद्योग, दुग्ध तथा कृषिजन्य उद्योग, विज्ञान केन्द्र तथा प्लानेटेरियम, कोशी नहर सडक खण्ड निर्माण (बैरेजदेखि तरहीसम्म), भारदहस्थित कोशी कोलोनीमा उद्योग सञ्चालनसम्बन्धी पहल गर्न आग्रह गरेका छन् ।

    उनले भने, ‘प्रधानमन्त्रीज्यूले भारत भ्रमणको क्रममा सप्तरीवासीको हितको लागि यसलाई स्वीकार गर्दै सम्झौता गर्नुहुनेछ भनेर आशा गर्दै उहाँलाई सफल भ्रमणको शुभकामना दिन चाहन्छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार