Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डले भने- गणतन्त्र उल्ट्याउने प्रयास कदापी सफल हुनेछैन


    सोमबार, जेष्ठ १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बसलदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने कसरत भइरहेको र यी प्रयासहरु कदापी सफल नहुने टिप्पणी गरेका छन् ।

    आज (सोमबार) १६औं गणतन्त्र दिवसको अवसरमा टुँडीखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति वितृष्णा फैलाउने र प्राप्त उपलब्धीलाई उल्ट्याउने काम भइरहेको बताएका हुन् ।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने कसरत पनि भइरहेका छन् । संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयासहरु कदापी सफल हुने छैनन् ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘किनकी लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो ।’

    लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव छ भन्ने कुरा कतिपय घटनाक्रमले पुष्टि गरिसकेको उनको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार