Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ


    मंगलबार, जेष्ठ ९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ लिङगेटबाट एक जना पक्राउ परेका छन् । पाल्पा घर भई बिगत २० वर्षदेखि भारत लखनउमा बस्दै आएकी ४० वर्षीया राधा सारुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    अस्थायी प्रहरी पोष्ट लिङगेटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्री राधालाई उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानको लागि रकमसहित राजश्व कार्यालय बुटवल पठाइएको छ ।

    यता पर्साको वीरगन्ज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको १ लाख ७३ हजार ९ सय भारतीय रुपैयाँसहित बारा कलैया उपमहानगरपालिका-१८ मोतिसर टोल बस्ने ५४ वर्षीय मेहीलाल प्रसाद साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी चौकी इनार्वाबाट खटिएको टोलीले भारत रक्सौलबाट वीरगन्ज बजारतर्फ आउँदै गरेको ना.२ प १११३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार