Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमालेले रोस्टम घेराउ गरेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित


    शनिबार, जेष्ठ ६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रोस्टम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको छ । एमालेले रोस्ट्रम घेराउ गरेपछि सभामुख भीमबहादुर भण्डारीले केहीबेरका लागि प्रदेशसभाको बैठक स्थगित गरेका हुन्।

    एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि लामो समयपछि प्रदेशसभा बैठक बसेकाले आफ्ना धारणा शून्य समयमा राख्न पाउनुपर्ने माग गरे । तर, सभामुखले विशेष समय मात्र दिएको भन्दै उनले मर्यादामा ख्याल गर्न आग्रह गरेका छन् ।

    २१ फागुनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएपछि शनिबार पहिलो पटक प्रदेशसभाको बैठक बसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार