Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • फाल्तु नीति तथा कार्यक्रमको समर्थन गर्न सकिँदैन: ओली


    शनिबार, जेष्ठ ६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विरोध गर्न निर्देशन गरेका छन्।

    सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै गन्तव्यहीन भएकाले समर्थन गर्न नसकिने बताए।

    उनले भने, यो समर्थन योग्य छैन, विरोध योग्य छ। यस्तो फाल्तु कुरा नीति तथा कार्यक्रमको रूपमा प्रस्तुत हुन दुखको कुरा हो। त्यसैले यसलाई पास गर्न हुँदैन। विरोध गर्नुपर्छ। हाम्रो मुख्य पोजिसन त्यही हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार