Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्राउन सुगरसहित भुटानी शरणार्थी शिविरबाट ६ जना पक्राउ


    शनिबार, जेष्ठ ६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा। दमकस्थित भुटानी शरणार्थी शिविरबाट लागू ओैषध ब्राउन सुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका-३ बेलडाँगीस्थित शरणर्थी शिविरमा शुक्रबार साँझ ६ बजे लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सुचनाको आधारमा प्रहरी चौकी बाघखोर र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बेलडाँगीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४१ वर्षीया निर्पा राई र ३२ वर्षीय सन्जोग गुरुङलाई ६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

    उनीहरू पक्राउ परेसँगै सेवनकर्ता १९ वर्षीय मन्दिप दर्जी, १९ वर्षीय अविराज गुरुङ, २३ वर्षीय मिलन गुरुङ र २४ वर्षीया दिलु तामाङ समेत शिविरबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २ थान मोबाइलसमेत बरामद गरेको छ ।

    पक्राउ परेका ६ जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार