Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साढे ९ करोड ठगी गर्ने कांग्रेस महासमिति सदस्य गुरुङ प्रहरी नियन्त्रणमा


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेस महासमिति सदस्य कृष्ण मुरारी गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । करिब साढे ९ करोड रुपैयाँ ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    सिन्धुली गोलन्जोर गाँउपालिका-४ घर भएका वर्ष ४३ वर्षीय गुरुङले विभिन्न व्यक्तिको नगद तथा सुनसहित करिब ९ करोड ६० लाख रुपैयाँ विभिन्न प्रलोभन देखाई ठगी गरेको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठगी,अपराधिक लाभ तथा आपराधिक विश्वसघात सम्बन्धी कसूरमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार