काठमाडौं । काभ्रेपलाञ्चोकको एक गेष्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा दुई जना पक्राउ परेका छन्। बनेपा नगरपालिका-१० पुलबजारस्थित रहेको एउटा गेष्ट हाउस एण्ड खाजा घरमा वेश्यावृत्ति गराएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो
पक्राउ पर्नेमा मकवानपुर जिल्ल्ला बागती गाउँपालिका-७ स्थाई बनेपामा गेष्ट हाउस सञ्चालन गर्ने बस्ने ४२ वर्षका लालमान तितुङ र काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका लामाटोल घर भइ खाजा घरमा काम गर्ने वर्ष २० का श्याम लामा छन् ।
प्रहरीले गेष्ट हाउसबाट ५ जना नाबालिका र किशोरीको उद्धार गरेको पनि जनाएको छ । उद्धार गरिएका किशोरीहरुले होटलका सञ्चालकहरुले ललाइ फकाइ, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाइ होटलमा आउने ग्राहकहरूसँग जवरजस्ती शारिरिक सम्पर्क गर्न बाध्य बनाउने गरेको बताएका प्रहरीले जनाएको छ ।
पक्राउ परेका गेष्ट हाउस सञ्चालकहरुलाई मानव बेचबिखन तथा ओसरपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम जाहेरी दरखास्त लिई जिल्ला अदालत धुलिखेलबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend