झापा । झापाको दमकमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा दमक नगरपालिका-४ का २८ वर्षीया दाम भन्ने सुसन धिमाल, दमक-९ निवासी २७ वर्षीय अभिषेक विश्वकर्मा र सोही ठाउँका २० वर्षीय तिन्तुस मुन्ना रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
दमक-४ स्थित अडिया महलमा ब्राउन सुगरको बिक्री वितरण गरिरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले शरीर चेकजाँचका क्रममा मुन्नाको साथबाट १० ग्राम ब्राउन सुगर फेला पारेको हो। उनले मलद्वारमा ब्राउन सुगर लुकाएर राखेका थिए।
प्रहरीले घटनास्थलबाट को ३९ प ६८७५ नम्बरको र को १४ प २२९० नम्बरको मोटरसाइकलसहित दुई थान मोबाइल समेत बरामद गरेको छ।
सो घटनामा संलग्न दमक-९ निवासी २५ वर्षीय रोशन विश्वकर्मा फरार रहेकोले उनको खोजी भइरहेको छ। यता पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक राखिएको छ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend