काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोप लागेका तीन जना पूर्वभीआईपी हाल प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सरकारका वर्तमान सचिव तथा पूर्व गृह सचिव टेकनारायण पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा संलग्न भनिएका अन्य १० जनासमेत अनुसन्धानकै क्रममा हिरासतमा छन् ।
सामान्यतया प्रहरीले पक्राउ गरेका अभियुक्तलाई थुनामा राख्ने स्थान फरक भए पनि निर्धारित ठाउँ एकै हुने गर्छ । तर, नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका भीआईपी अभियुक्तलाई भने प्रहरीले बसोबासका लागि अन्य अभियुक्त राख्नेभन्दा अलग्गै व्यवस्थापन गरेको छ ।
प्रहरीले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका निलम्बित सचिव रायमाझीलाई प्रहरी वृत्त सोह्रखट्टेमा हिरासतमा राखेको छ । प्रहरी स्रोतका अनुसार रायमाझीलाई वृत्तका प्रहरी निरीक्षक (इन्सपेक्टर) बस्ने कोठामा राखिएको छ । उनलाई खानासमेत त्यही प्रबन्ध गरिएको छ ।
‘रायमाझीलाई इन्सपेक्टर बस्ने कोठामा बस्ने व्यवस्था गरिएको छ, अरूसँगै राखेका छैनौं, सुरक्षाको कुरासमेत हुन्छ,’ प्रहरी स्रोतले भन्यो । यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री खाँणलाई प्रहरी परिसर काठमाडौंमा हिरासतमा राखिँदै आइएको छ । उनलाई डीएसपी भरतबहादुर शाहको कार्यकक्षमा राखिएको छ ।
‘खाँणलाई डीएसपी शाहको कार्यकक्षमा खाट राखेर सुत्ने व्यवस्था गरिएको छ,’ उनी त्यही बस्छन्, कहिले घरबाट ल्याइदिएको खाना खान्छन्, ‘कहिले त्यही खान्छन्, प्रायः घरकै खाना हुन्छ, मोबाइल चलाउन पाउँदैनन्,’ परिसरका एक प्रहरीले खाँणको व्यवस्थापन जानकारी दिँदै भने ।
खाँणको रेखदेखका लागि कोठाबाहिर प्रहरी जवान बस्ने गरेका छन् । उनीहरू आलोपालो ड्युटीअनुसार फेरबदल हुन्छन् । रेखदेखका लागि खटिएका प्रहरीले बेलाबखत खाँणको अवस्था हेर्छन् । उनीसँग भेट गर्न आउनेहरूले एक्लै भेट्न पाउँदैनन्, भेटमा प्रहरीसमेतसँगै हुन्छन् । खाँणले जुनियर प्रहरी अधिकृतले प्रयोग गर्ने शौचालय नै प्रयोग गर्छन् ।
यसैगरी, सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहसचिव पाण्डे भने सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ । उनलाई सो वृत्तका तीन जना इन्सपेक्टर बस्ने कोठामा हिरासतमा राखिएको हो । यो समाचार राजधानी दैनिकमा छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend