Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेयर बालेनको आक्रोश – ‘भ्रष्टाचारीलाई सिधै बागमतीमा चोपल्नुस्’


    आइतबार, बैशाख ३१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नेताहरूले गरेको भष्ट्राचार विरुद्धको सडक आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले यस पटक भने भ्रष्टाचारी विरुद्धमा मुख खोलेका हुन् ।

    मेयर शाहले भ्रष्टाचारीलाई बागमतीमा चोपल्न आग्रह गरेका छन् । उनले भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्ने होइन, सिधै कारबाहीमा जानु पर्ने जनाएका छन् ।

    ‘तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाएकोको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो’, उनले लेखेका छन्, ‘भ्रस्टाचारविरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपाल्नुस्,  शाहले लेखेका छन् , यस्तो सडक नाटक धेरैदेखि सक्यौँ हाम्ले । पत्याउदिन म चाहीँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार