Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको सचिवालय बैठक बस्दै, केन्द्रीय समितिको एजेण्डा तय गरिने


    मंगलबार, बैशाख २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बैठक बस्न लागेको हो ।

    सो बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने एजेण्डाका बारेमा छलफल हुने बताइएको छ । एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखी सुरु हुँदै छ ।

    यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।

    गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समीक्षालगायतका एजेण्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार