Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • कांग्रेस परित्याग गरेका पर्वतका दर्जनौं युवा नेता रास्वपामा प्रवेश


    बिहिबार, बैशाख २१ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेस परित्याग गरेका पर्वतका युवा नेता मिलन सुवेदीसहितको टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको छ । आज रास्वपा उपसभापति डोलप्रसाद अर्यालले उनीहरुलाई स्वागत गरेका हुन् ।

    केही दिनअघि कांग्रेस पर्वतका जिल्ला सभापतिका प्रत्याशी सुवेदीसहित जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठकलगायत ३१ जनाले एकैपटक पार्टी छाडेका थिए । उनीहरु सबै जनाले आज रास्वपा रोजेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार