Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै


    सोमबार, बैशाख १८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ । उपनिर्वाचनबाट सभापति रवि लामिछाने पुनः निर्वाचित भएर आएपछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्न लागेको हो ।

    बिहान ११ बजे केन्द्रीय समिति र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने बताइएको छ ।

    निर्वाचित भएर आए पछि पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार लामिछानेले भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन कायमै राख्न अनुरोध गरेका थिए ।

    आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्ने एजेन्डा रहेको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार