Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४७ हजार घुस लिंदालिंदै थापा र घिमिरे अख्तियारको फन्दामा


    बिहिबार, बैशाख १४ २०८०
    5.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उद्योग बिभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापा घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार अपराह्न ४ बजे नियन्त्रणमा लिएको छ ।

    अधिकृत घिमिरे र थापाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

    कार्यालय सहयोगी थापालाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ र घिमिरेलाई ३७ हजार ५ सय ३५ रुपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार