Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा केपी ओलीमाथि ढुंगामुढाको प्रयास


    बुधबार, बैशाख १३ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पुर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार तथा आक्रमणको प्रयास भएको छ । अध्यक्ष ओली झापाको बुधबारेको कार्यक्रममा सहभागी हुन जाँदा कार्यक्रमस्थल बाहिर होहल्ला भएको हो । आजको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले आज झापामा कार्यक्रमस्थलबाहिरबाट कार्यक्रम भंग गर्ने प्रयास भएको बताए ।

    “काठमाडौंबाट झापातर्फ जाँदै गर्दा भद्रपुर विमानस्थलबाट कार्यक्रमस्थल बुधबारे जाने क्रममा कार्यक्रमस्थलबाहिरपट्टि बसेर होहल्ला गर्ने, कार्यक्रम विथोल्न खोज्ने, शान्ति भंग गराउन खोज्ने काम भएको छ,” उनले भने ।

    उनले एमालेको सत्तापक्षको कार्यकर्ताको सहभागितामा प्रतिपक्षलाई जिस्क्याइएको बताए ।

    “एमालेको नेतृत्व एउटा कार्यक्रममा सहभागी हुन जाँदा जुन प्रकारले ढुंगामुढा गर्ने कोसिस गरिन्छ, अनेकन ढंगले कार्यक्रम भाँड्ने कोसिस गरिन्छ,” गिरीले भने, “सत्तापक्षकै कार्यकर्ता त्यसमा घुसपैठ गरिन्छ ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार