Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदीय सुनुवाइ समितिका सदस्य आज प्रस्ताव नहुने, तीन दलले दिएनन् नाम


    बुधबार, बैशाख १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको आज बुधबारको बैठकमा संसदीय सुनुवाइ समितिका सदस्यको नाम प्रस्ताव नहुने भएको छ ।

    सदन बस्नुअघि सभामुख देवराज घिमिरेले आजको बैठकमा सबै दलबाट नाम नआएकाले प्रस्ताव गर्न नसकिने जानकारी गराएका छन् ।

    कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सभामुखले भने, ‘तपाईंहरूले नाम (संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू) दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।’

    संसदीय समितिमा अहिलेसम्म कांग्रेस, एमाले र माओवादी केन्द्रले नाम पठाएका छैनन् । तीन ठूला दलबाहेक साना सबै दलबाट नाम आइसकेको स्रोतले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार