Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • आज सर्वाेच्चमा सांसद बामदेव गौतमको योग्यतामाथिको मुद्दामा सुनुवाई


    बुधबार, बैशाख १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय सभा सदस्य बामदेव गौतमलाई राष्ट्रियसभाको सांसद बनाउनु हुदैन भनेर सर्वाेच्च अदालतमा परेको रिट निवेदनमाथि आज सुनुवाई हुने भएको छ ।

    आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजित गौतमविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ हुने कार्यसुची छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले रिट निवेदन दर्ता गरेका थिए ।

    प्रतिनिधि सभामा पराजित गौतम २०७७ साल भदौंमा राष्ट्रिय सभा सदस्यमा मनोनयन भएका थिए । निर्वाचनमा पराजित व्यक्तिलाई त्यही कार्यकालमा मनोनयन गर्न नहुने भनी सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । तत्कालिन सत्तारुढ नेकपाले गौतमलाई सांसद बनाएको थियो ।

    रिट निवेदनमाथि अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा राय बाझियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले निर्वाचनमा पराजित व्यक्तिलाई सोही अवधिमा मनोनयबाट जनप्रतिनिधीमूलक संस्थामा ल्याउनुलाई संवैधानिक नैतिकताको उल्लंघन भनी टिप्पणी गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार