Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विकासले मात्र पनि जनता सन्तुष्ट हुने रहेनछन्, केही ‘मिसिङ’ छ : प्रचण्ड


    बुधबार, बैशाख १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विकासले मात्र नागरिक सन्तुष्ट नभएको स्थिति महसुस भएको बताएका छन् ।

    प्रधानमन्त्री दाहालले चितवन र भरतपुर महानगरपालिकाको विकासका लागि आफूले असाधारण योगदान गरे पनि जनता सन्तुष्ट नभएको बताएका हुन् ।

    हालै सम्पन्न उपचुनावको परिणामलाई संकेत गर्दै दाहालले भने, ‘कहिलेकाहीँ मलाई के महसुस हुन्छ भने विकास गरेपछि जनता सन्तुष्ट हुन्छन् भन्ने मात्र पनि रैनछ । गएको ५ वर्षमा चितवनको जनप्रतिनिधिका रूपमा मैले चितवनमा सिंगै र भरतपुर महानगरपालिकामा विकासको जुन स्तर भएको छ जुन अभूतपूर्व र असाधारण छ ।

    तर विकासले मात्र जनतालाई सन्तुष्ट गर्न सक्दो रहेनछ । कहाँनेर के मिसिङ छ हामी सबैले आत्मसमीक्षा गर्नु जरुरी छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार