Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपनिर्वाचन जितेपछि रवि लामिछानेले भने- चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन–२ का जनताले दिए


    बुधबार, बैशाख १३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतबार सम्पन्न भएको उपनिर्वाचनमा आफू विजयी भएपछि आफूमाथि भएको चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन–२ का जनताले दिएको बताएका छन्।

    आज बिहान सामाजिक सञ्जालमार्फत चितवन–२ का जनतालाई धन्यवाद दिँदै उनले विजेत भएपछि निर्वाचन क्षेत्रका सबै नागरिकको जनप्रतिनिधि हुने मान्यतामा सँधै प्रतिबद्ध रहने बताएका छन्।

    लामिछानेले चितवन–२ सहित देशैभरी गर्नुपर्ने काम धेरै रहेकाले सम्पूर्ण जनताको समर्थनमा मुलुकलाई समृद्ध बनाउने अभियानका अवरोध तोड्न इमानका साथ लागिरहने बताएका छन्।

    उनले तनहुँ–१ बाट निर्वाचित पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको पक्षमा तनहुँमा उभार सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार