Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज सुन-चाँदीको मूल्य


    सोमबार, बैशाख ११ २०८०
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार अघिल्लो दिन आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँ र चाँदीको भाउ २० रुपैयाँले घटेको हो ।

    आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ रहेकोमा सो मूल्य घटेर सोमबार १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनलाई आज सोमबार १ लाख ८ हजार ६ सय रुपैयाँ पर्नेछ ।

    यता, चाँदीको मूल्य भने प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार