Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • एआईजीको दरबन्दी थप नभए सात प्रहरी अधिकृत डीआईजीबाटै अवकाश हुने


    सोमबार, चैत्र १३ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्रालयका सचिव विनोद सिंहको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सोमबार नेपाल प्रहरीका रिक्त ४ अतिरिक्त महानिरीक्षक(एआईजी) बढुवा सिफारिस गरेको छ । नवनियुक्त आईजीपी बसन्तबहादुर कुँवरले पदबहाली गरेको भोलिपल्टै एआईजी बढुवा सिफारिस गरिएको छ । सरकारले पूर्णता नपाइसकेको र गृहमन्त्री समेत नभएको अवस्थामा हतार हतार एआइजी बढुवा सिफारिस गरिएको छ ।

    बरिष्ठताकै आधारमा कुँवरलाई आइजीपी नियुक्त गरिएझै एआइजी बढुवा सिफारिसमा पनि सिनियरिटी अनुसार नै गरिएको छ । डीआइजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङ बढुवा सिफारिसमा परेका छन् । आफूसँगै भर्ना भएका बसन्तबहादुर कुँवर आइजीपी भए । टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजी बढुवा भए । तर सँगै भर्ना भएका उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा भने डीआईजीमै घर जाने भएका छन् ।

    सरकारलाई समर्थन गरेको र सहभागी समेत हुन लागेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश घर भएका डीआईजीहरु उमेशराज जोशी, रामदत्त जोशी, दुर्गा सिंह पनि एआइजी बढुवामा अटाउन सकेनन् । रामदत्त जोशी त डडेलधुराकै हुन् । यिनीहरु प्रहरीमा क्षमतावानमै पर्दछन् । काबिल अ।धिकृतका रुपमा छवि बनाएका उनीहरुमात्र होइन, डीआईजी भीमप्रसाद ढकाल, पोषराज पोखरेल, बुद्धिराज गुरुङ पनि पर्न सकेनन् । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको नातेदार किरण राणा पनि बढुवा सिफारिसमा पर्न सकिनन् ।

    अर्थतन्त्र संकटमा भएको समयमा एआइजीको नयाँ दरबन्दी थप हुने संभावना कम छ । नयाँ दरबन्दी थप नभएपछि उनीहरु एआईजी बढुवा सिफारिसमा पर्न नसकेका उनीहरु डीआईजीबाटै २०८१ चैत ५ मा ३० बर्षे सेवावधिका आधारमा अवकाश हुनेभएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार