काठमाडौं । सिफारिस भएको २२ दिनसम्म पनि मन्त्रिपरिषदबाट निर्णय नहुँदा नेपाल प्रहरीका दुई एआईजी बढुवा अलपत्र परेको छ ।
गृहमन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बैशाख ३ गते २ डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । तर सिफारिस भएका डीआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई २२ दिनसम्म पनि मन्त्रिपरिषदले बढुवा गरेको छैन ।
सामान्यतया बढुवा सिफारिस भएको ७ दिनसम्म उजुरीका लागि म्याद दिएपछि आठौं दिनमा मन्त्रिपरिषदले निर्णय गरी दज्र्यानी चिह्न लगाउने प्रचलन छ । तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पद रिक्त हुनुअघि नै डीआईजीद्वय जोशी र ढकाललाई एआईजी बढुवा सिफारिस गरेका थिए ।
सन्दीप भण्डारी बैशाख ५ र मिरा चौधरी बैशाख ७ मा अवकाश भएपछि एआईजीका पद खाली हुँदैथिए । तर गृहमन्त्री लामिछानेले बैशाख ३ गते नै जोशी र ढकाललाई बढुवा सिफारिस गरेका थिए । पदरिक्त नहुँदै बढुवा सिफारिस गरेका गृहमन्त्री लामिछानेले २२ दिनसम्म पनि मन्त्रिपरिषदबाट निर्णय गराउन सकेका छैनन् । मन्त्रिपरिषदले बढुवाको निर्णय गरेपछि मात्र आईजीपीले दज्र्यानी चिह््न लगाउने प्रचलन रहेको छ ।
एआईजी बढुवा सिफारिस भएका डीआईजी उमेशराज जोशीको त जागिर अवधि २ महिना पनि छैन । उनी आगामी असारमै अवकाश हुँदैछन् । सिफारिसमा परेका डीआईजी भीमप्रसाद ढकाल पनि आगामी ०८१ मंसिरमा अवकाश हुँदैछन् ।
हतार हतार सिफारिस गरिए पनि बढुवामा बिलम्ब हुँदा डीआईजीका लागि जम्प हान्न खोजिरहेका एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोज केसीहरु समेत अप्ठेरोमा परेका छन् । सहकारीपीडितका उजुरी दबाउनेदेखि अरु धेरै कुरामा गृहमन्त्री लामिछानेलाई गुन लगाएका कनिष्ट एसएसपी कार्की डीआईजी बढुवामा पहिलो नम्बरमा पर्ने दाउमा छन् ।
नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा नआए संसदको बजेट अधिवेशन चल्न नदिने अडान लिएपछि एसएसपी कार्कीलाई कतै आफ्नो बढुवा हुने योजना पूरा नहुने चिन्ताले सताएको छ ।
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले...
काठमाडौं । देशको सम्पूर्ण ध्यान प्रलयकारी भोटेकोशीको बाढीतर्फ केन्द्रित छ । देशका सबै संयन्त्र बाढी प्रभावितहरुको उद्दार र राहतमा लागेका छन् । गृहमन्त्री सुधन...
काठमाडौं । गएको भदौ १० गतेको प्रलयकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले २५ लाख १० हजार रुपैयाँबराबरको राहत तथा सुविधा पाउने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend