काठमाडौं । आम निर्वाचनपछि उपप्रधान तथा गृहमन्त्रालय लिएर सात दलीय गठबन्धनको पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा सहभागी भई डेढ महिना नपुग्दै बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले गुमनाम बनेको छ । पार्टी दर्ताको पाँच महिनामै संसद्को चौथो दलका रूपमा उदाएको रास्वपा सरकार छाडेसँगै गुमनाम बनेको हो ।
पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा दल दर्ता गराएसँगै सामाजिक सञ्जाल र मिडियामार्फत आफ्ना एजेन्डालाई आक्रमक रूपमा जनतामाझ पु¥याई जनताका केही अपेक्षा पूरा गर्ने सपना बोकेर संसद् छिरेको उक्त दल सरकारमा सहभागी हुँदासम्म चर्चामै थियो । तर, केही समययता गुमनाम भएको भन्दै उक्त दलको राजनीतिक गतिविधिलाई नजिकबाट नियालिरहेका शुभेच्छुक तथा सहयोगीहरू नै अहिले रास्वपा के गरेर बसिरहेको छ ?भन्ने प्रश्न गर्न थालेका छन् ।
उक्त दल दर्ता भएको पाँच महिनामै निर्वाचन भएको र सो निर्वाचनबाट प्रतिनिधिसभामा २० सिट हासिल गरी चौथो दलका रूपमा स्थापित भएको थियो । तर, सात दलीय गठबन्धनको सरकारमा सहभागी भएको करिब डेढ महिनामै सरकार छाड्नुपरेसँगै उसका राजानीतिक गतिविधिहरू शून्य प्रायः देखिएको छ ।
सभापति लामिछानेको नागरिकता विवादका बावजुद चितवन–२ बाट चुनाव जितेर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सात दलीय गठबन्धनबाट उपप्रधान तथा गृहमन्त्रीसमेतको जिम्मेवारीसहित सरकारमा सहभागी भएका थिए ।
लामिछानेविरुद्ध गैरनेपाली नागरिक भएको तथ्यसहित परेको रिटमा सर्वोच्च अदालतले माघ १३ मा उनको नागरिकता खारेज भएको फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री र सांसद पदसमेत खारेज भएको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend