कलैया । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य दिनेश राईले संगठन विस्तारमा लाग्न निर्देशन दिएका छन् । बाराको निजगढ नगरपालिका कमिटीको नगरस्तरीय कार्यालय स्थापनालाई आज सम्बोधन गर्दै पोलिटव्यूरो सदस्य राईले पार्टी एवं जनवर्गीय संगठनको सदस्यता बितरण, नवीकरण, संगठनलाई पुनर्गठन गर्दै अगाडि बढ्नुपर्ने बताए ।
‘एमालेका केही हनुमान नेताहरुले एकीकृत समाजवादी र एमालेका बीचमा पार्टी एकीकरण हुन लागेको भन्ने हल्ला फिजाउँदैछन्, त्यो सत्य होइन’ राईले भने, ‘उनीहरुको झुठा कुरामा तपाईहरु नलाग्नुस्, एकीकृत समाजवादी र एमालेका बीचमा कुनै एकता गर्ने कुरा छैन, अहिले संगठन निर्माणको अभियानमा जुट्नुस् ।’
पार्टी संगठन निर्माणमा जुटन आग्रह गर्दै उनले अबको चार बर्षपछि हुने पालिका निर्वाचनको अग्रिम तयारी अहिलेदेखि नै गर्नुपर्ने बताए । आगामी निर्वाचन केन्द्रित संगठन निर्माण गर्दै अहिलेदेखि नै तयारीमा जुट्नुपर्नेमा उनले जोड दिए ।
निजगढको लच्का स्थित निर्मला लामाको घरमा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना गरिएको छ । सोही अवसरमा नगरकमिटी समेत विस्तार गरिएको छ । एकीकृत समाजवादीका नगरकमिटी अध्यक्षमा भीम सापकोटा, उपाध्यक्षमा बिजय लामा, सचिवमा धु्रव धिताल, सदस्यहरुमा सतल थिङ लामा, लालमाया जिम्बा, सावित्री भण्डारी, निर्मला लामा, राजकुमार लामा, सुन्दर थिङ लामा लगायतका रहेका छन् ।
बैठकले वडा कमिटी विस्तार, जनवर्गीय संगठनको निर्माण लगायतका कामलाई चैत मसान्तभित्र गर्ने निर्णय भएको छ । यसैगरी सदस्यता वितरण समेत गर्ने निर्णय भएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्धय विभा कार्की, हिमाल खरेल, मधेस प्रदेश कमिटीका सदस्य मानध्वज लामा, जिल्ला अध्यक्ष विजेन्द्र चौधरी, जिल्ला सचिवालय सदस्य सुभाष साह, जितपुरसिमरा नगर कमिटीका सदस्य निशान खनाल लगायतको विशेष सहभागिता रहेको थियो ।
पालिका कमिटीको अधिवेशनमा जुट्यो युवा संघ
यसैबीच एकीकृत समाजवादी निकटको युवा संघ नेपालको जिल्ला कमिटीको बैठक आज कलैयास्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ । संघका अध्यक्ष रामकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लाको १६ वटै पालिकाहरुको कमिटी गठन गर्ने निर्णय गरेको छ ।
बैठकले बिभिन्न पालिकाको संयोजक एवं सहसंयोजक चयन गर्दै ११ चैतमा एकै दिन सबै नगरपालिकामा र १८ चैतमा सबै गाउँपालिकामा एकै दिन अधिवेशन गर्ने निर्णय गर्दै त्यसका लागि सहजकर्ताको जिम्मेवारी समेत तोकिएको कलैया नगर कमिटीका अध्यक्ष हरिओम साहले बताए ।
बैठकमा एकीकृत समाजवादीका जिल्ला सचिव बिक्रम ठाकुर, कलैया उपमहानगर कमिटीका अध्यक्ष अरुण खनाल, युवा इन्चार्ज एवं पार्टी जिल्ला सचिवालय सदस्य ध्रवु यादव, संघका केन्द्रीय सदस्य एवं बारा सहइन्चार्ज मनोज गुप्ता, अनिल भण्डारी लगायतको विशेष सहभागिता रहेको संघका स्थायी कमिटी सदस्य सुभाष साहले बताए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend