कलैया । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य दिनेश राईले संगठन विस्तारमा लाग्न निर्देशन दिएका छन् । बाराको निजगढ नगरपालिका कमिटीको नगरस्तरीय कार्यालय स्थापनालाई आज सम्बोधन गर्दै पोलिटव्यूरो सदस्य राईले पार्टी एवं जनवर्गीय संगठनको सदस्यता बितरण, नवीकरण, संगठनलाई पुनर्गठन गर्दै अगाडि बढ्नुपर्ने बताए ।
‘एमालेका केही हनुमान नेताहरुले एकीकृत समाजवादी र एमालेका बीचमा पार्टी एकीकरण हुन लागेको भन्ने हल्ला फिजाउँदैछन्, त्यो सत्य होइन’ राईले भने, ‘उनीहरुको झुठा कुरामा तपाईहरु नलाग्नुस्, एकीकृत समाजवादी र एमालेका बीचमा कुनै एकता गर्ने कुरा छैन, अहिले संगठन निर्माणको अभियानमा जुट्नुस् ।’
पार्टी संगठन निर्माणमा जुटन आग्रह गर्दै उनले अबको चार बर्षपछि हुने पालिका निर्वाचनको अग्रिम तयारी अहिलेदेखि नै गर्नुपर्ने बताए । आगामी निर्वाचन केन्द्रित संगठन निर्माण गर्दै अहिलेदेखि नै तयारीमा जुट्नुपर्नेमा उनले जोड दिए ।
निजगढको लच्का स्थित निर्मला लामाको घरमा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना गरिएको छ । सोही अवसरमा नगरकमिटी समेत विस्तार गरिएको छ । एकीकृत समाजवादीका नगरकमिटी अध्यक्षमा भीम सापकोटा, उपाध्यक्षमा बिजय लामा, सचिवमा धु्रव धिताल, सदस्यहरुमा सतल थिङ लामा, लालमाया जिम्बा, सावित्री भण्डारी, निर्मला लामा, राजकुमार लामा, सुन्दर थिङ लामा लगायतका रहेका छन् ।
बैठकले वडा कमिटी विस्तार, जनवर्गीय संगठनको निर्माण लगायतका कामलाई चैत मसान्तभित्र गर्ने निर्णय भएको छ । यसैगरी सदस्यता वितरण समेत गर्ने निर्णय भएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्धय विभा कार्की, हिमाल खरेल, मधेस प्रदेश कमिटीका सदस्य मानध्वज लामा, जिल्ला अध्यक्ष विजेन्द्र चौधरी, जिल्ला सचिवालय सदस्य सुभाष साह, जितपुरसिमरा नगर कमिटीका सदस्य निशान खनाल लगायतको विशेष सहभागिता रहेको थियो ।
पालिका कमिटीको अधिवेशनमा जुट्यो युवा संघ
यसैबीच एकीकृत समाजवादी निकटको युवा संघ नेपालको जिल्ला कमिटीको बैठक आज कलैयास्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ । संघका अध्यक्ष रामकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लाको १६ वटै पालिकाहरुको कमिटी गठन गर्ने निर्णय गरेको छ ।
बैठकले बिभिन्न पालिकाको संयोजक एवं सहसंयोजक चयन गर्दै ११ चैतमा एकै दिन सबै नगरपालिकामा र १८ चैतमा सबै गाउँपालिकामा एकै दिन अधिवेशन गर्ने निर्णय गर्दै त्यसका लागि सहजकर्ताको जिम्मेवारी समेत तोकिएको कलैया नगर कमिटीका अध्यक्ष हरिओम साहले बताए ।
बैठकमा एकीकृत समाजवादीका जिल्ला सचिव बिक्रम ठाकुर, कलैया उपमहानगर कमिटीका अध्यक्ष अरुण खनाल, युवा इन्चार्ज एवं पार्टी जिल्ला सचिवालय सदस्य ध्रवु यादव, संघका केन्द्रीय सदस्य एवं बारा सहइन्चार्ज मनोज गुप्ता, अनिल भण्डारी लगायतको विशेष सहभागिता रहेको संघका स्थायी कमिटी सदस्य सुभाष साहले बताए ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend