Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङको खर्च १६ हजार ५०० मात्रै


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रपति पदका एमाले उम्मेदवार सुवास नेम्वाङले आफ्नो खर्च विवरण बुझाएका छन् ।

    आज शुक्रबार निर्वाचन आयोगमा बुझाएको उनको खर्च विवरण अनुसार नेम्वाङले राष्ट्रपति निर्वाचनमा १६ हजार ५०० मात्र रुपैयाँ खर्च गरेका छन् ।

    जसमध्ये प्रचार प्रसार, छापा एवं विद्युतीय शीर्षकअन्तर्गत मतदाताहरुलाई एसएमएस पठाउँदा १० हजार रुपैयाँ र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको नेम्वाङले उल्लेख छ ।

    नेम्वाङका तर्फबाट उनका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई खर्च विवरण बुझाएका हुन् ।

    बिहीबार भएको राष्ट्रपति निर्वाचनमा कांग्रेससहित दलका उम्मेदवार रामचन्द्र पौडेलसँग नेम्वाङ पराजित भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार