Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिटमाथिको सुनुवाइ भने सकिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा सुनुवाइ भएको थियो । उक्त रिटको इजलास ११ औं नम्बरमा थियो । तर, सुनुवाइ सकिए पनि आदेश आउन भने बाँकी छ ।

    गत मङ्गलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जीविवास गिरीले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

    यसअघि हिजो (बिहीबार) सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको थियो । तर बेन्च बस्न नभ्याएपछि आज (शुक्रबार)का लागि सारिएको हो ।

    २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका विषयलाई लिएर सर्वोच्चमा रिट दर्ता भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार