Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता भोलि (कार्यतालिकासहित)


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रपतिको निर्वाचन सम्पन्न भएलगत्तै नयाँ उपराष्ट्रपति चयनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम तय भएको छ। उक्त उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका पनि सार्वजनिक भएको छ । सार्वजनिक कार्यतालिका अनुसार शनिबार (भोलि) बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय तोकिएको हो ।

    भोलि नै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।

    २८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ ।

    आगामी चैत ३ गते मतदान हुनेछ । मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार