काठमाडौं। निर्वाचन आयोगले नेपाल प्रहरीमा रिक्त रहेको अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा गर्न अनुमति तथा स्वीकृति दिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसंहिताका कारण गृह मन्त्रालयले आयोगसगँ अनुमति मागेको थियो । हिजो बिहिबार आयोगबाट बढुवा सिफारिस गर्न अनुमति आएको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले जानकारी दिए। यसैगरी लामो समयदेखि रिक्त उक्त पदमा बढुवा भने हुन सकेको थिएन्।
प्रहरीमा ५ वटा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पद रिक्त छ । फागुन ७ बाट एआईजी पुजा सिंहले अवकाश पाएपछि रिक्त एआईजीको दरबन्दी ५ पुगेको हो । आयोगको सहमति सँगै गृह मन्त्रालयले रिक्त पदमा बढुवाको तयारी थालेको छ ।
प्रहरी नायव महानिरीक्षक (डिआईजी) बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य बढुवा प्रतिस्पर्धामा आगाडी छन् । एआईजीमा बढुवाका प्रतिस्पर्धीहरु २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए । प्रतिस्पर्धी मध्येका दिपक थापा २०५२ भदौ १९ मा प्रहरीमा प्रवेश गरेका हुन ।
प्रतिस्पर्धीहरु मध्येमा जो एक नम्बरमा अतिरिक्त महानिरिक्षकमा बढुवा हुनेछन् तिनै १५ दिनपछि महानिरिक्षक (आईजीपी) हुने संभावना बलियो हुन्छ । डिआईजीको मेरिट लिस्टमा बसन्त बहादुर कुँवर एक नम्बरमा छन् । दुई नम्बरमा टेक प्रसाद राई, तेस्रो नम्बरमा दिपक थापा छन् । यसअघि मेरिट लिस्टको तेस्रो नम्बरका डिआईजी अशोक सिंहले जन्ममिति विवादका कारण राजिनामा दिएका थिए । उनको राजिनामा स्विकृत भैसकेको छ ।
साथै उक्त रिक्त पदमा एआईजी बढुवा हुन नसक्दा भावी आईजीपी डीआईजीबाटै नियुक्त गर्नुपर्ने अवस्था आउन लागेका बेला सरकारले बढुवाका लागि आयोगसँग स्वीकृति लिएको बताइएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend