Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सभामुख घिमिरेले निवासमै पुगेर दिए नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.4K
    Shares
    gjlgjf{lrt /fi6«klt kf}8]nfO{ awfO{ tyf z'esfdgf sf7df8f}F, @^ kmfu'g gjlgjf{lrt /fi6«klt /fdrG› kf}8]nnfO{ z'qmaf/ pxfFs} lgjf;df k'u]/ awfO{ tyf z'esfdgf lbg'x'Fb} ;efd'v b]j/fh l3ld/] . tl:a/M gjlgjf{lrt /fi6«kltsf] ;lrjfno÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधिसभाको सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान उनकै निजी निवासमा पुगेर बधाई तथा शुभकामना दिएका छन्।

    मुलुककको राष्ट्राध्यक्षमा निर्वाचित भएकामा पौडेललाई सफल कार्यकालका लागि सभामुख घिमिरेले शुभकामनाका साथ बधाई ज्ञापन गरेका हुन्।

    नौ दलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल हिजो बिहीबार भएको निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए।

    सभामुख घिमिरेले बहराइनमा शनिबारदेखि हुने अन्तर व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन आफू आज त्यसतर्फ जान लागेको पनि सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई जानकारी गराए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार