काठमाडौं । स्ववियु निर्वाचनको मनोनयन दर्ताको २ दिनअघि नेपाल ल क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । भर्ना भइसकेका विद्यार्थीहरुको नाम मतदाता नामावलीमा प्रकाशित नगरेको भन्दै नेपाल ल क्याम्पसमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले बिहीबार तालाबन्दी गरेको हो ।
नेपाल ल क्याम्पसले स्ववियु निर्वाचन प्रयोजनका लागि बिहीबार सार्वजनिक गरेको मतदाता नामावलीमा भर्ना भइसकेका सयौं विद्यार्थीको नाम नराखिएकाले तालाबन्दी गर्नुपरेको अनेरास्ववियु नेपाल ल क्याम्पस कमिटीका अध्यक्ष विशालदत्त भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त सूची तत्काल सच्याई छुटेका मतदाताहरुको नामावली समेटेर प्रकाशित नभएसम्म अनिश्चितकालीन तालाबन्दी गरिएको भट्टले उल्लेख गरेका छन् ।
स्ववियु निर्वाचनको उम्मेदवारी दर्ता फागुन २७ गते शनिबार राखिएको छ । स्ववियु निर्वाचन आगामी चैत ४ मा हुँदैछ ।
क्याम्पसमा भर्ना भएका योग्य विद्यार्थीहरुलाई मताधिकारबाट बन्चित गर्ने क्याम्पस प्रशासन र स्ववियु निर्वाचन समितिको नियोजित षडयन्त्रप्रति अनेरास्ववियुले आपत्ति जनाएको छ । भर्ना भइसकेका विद्यार्थीको नाम नराखी मतदाता सूची प्रकाशित गर्ने कार्य अपराधिक भएको उल्लेख गर्दै अनेरास्ववियुले उक्त कार्यमा संलग्न हुने क्याम्पस प्रमुख र स्ववियु निर्वाचन अधिकृतले राजीनामा दिन र गल्ती नसच्याई निर्वाचन सम्बन्धी कुनै पनि गतिबिधि अगाडि नबढाउन अनेरास्ववियुले माग गरेको छ ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend