काठमाडौं। आज नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान भने सम्पन्न भएको छ। कुल ८८४ मतदाता रहेको राष्ट्रपति निर्वाचनमा कुल आठ सय ३१ मत मात्रै खसेको छ । आज संघका ३१३ र प्रदेशका ५१८ गरी ८३१ मत खसेको हो ।
राष्ट्रपतिको निर्वाचनमा पार्टीले संस्थागत निर्णय गरेरै राप्रपाका १४ र नेमकिपाका १ गरी १५ सांसद तटस्थ रहे । बिरामी भएर चन्द्र भण्डारी र बर्षमान पुन पनि निर्वाचनमा सहभागी भएनन् ।
यस्तै, एक जना निलम्बित, एकजना सांसद फरार सूचीमा रहेकाले मतदानमा सहभागी भएनन्। भने रवि लामिछाने पदमुक्त भएपछि एक पद रिक्त छ भने अर्को एक सांसदको मृत्यु भएको छ ।
प्रदेशतर्फ ५५० मध्ये ५१८ सांसदले मात्रै मतदान गरे । निर्वाचनमा कुल मतदाता संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल मैदानमा छन्।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend