Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति निर्वाचनको मतगणना सुरु भयो


    बिहिबार, फाल्गुन २५ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आज नयाँ बानेश्वरसिस्थत संसद् भवनमा राष्ट्रपति निर्वाचनको मतदान सकिएसँगै मतगणना सुरु भएको छ।

    राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ चुनावी मैदानमा छन्।

    आज बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म भएको राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको थियो ।

    मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए ।

    यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् । यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ ।

    यस्तै प्रदेशतर्फ ५५० मध्ये ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यसैगरी, राष्ट्रपति निर्वाचनको मतपरिणाम भने आजै साँझ ७ बजेसम्ममा आइसक्ने गरि निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार