Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा आज हेर्न नभ्याइनेमा


    बिहिबार, फाल्गुन २५ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज बिहीबार सुनुवाई नहुने भएको छ।

    न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले प्रचण्डविरुद्धको रिट आज हेर्न नभ्याइने र भोलि शुक्रबारका लागि सारेको सर्वोच्चले जनाएको छ।

    प्रधानमन्त्री प्रचण्डविरुद्ध अधिवक्ताद्धय ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए।

    प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते रत्नपार्कको टुँडिखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले दश वर्षे युद्धकालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए । सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले मुद्दा दायर गरेका थिए ।

    उनीहरुले उक्त द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिर्ता गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार