Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • राष्ट्रपति निर्वाचन: मतदान सकियो, ४ बजेदेखि मतगणना सुरु हुने


    बिहिबार, फाल्गुन २५ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नयाँ राष्ट्रपति चयनका लागि आज बिहान १० बजेदेखि सुरु भएको मतदान भने सकिएको छ । निर्वाचनको मतगणना भने ४ बजेपछि हुने भएको छ ।

    राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।

    बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय पनि गरेको छ ।

    सम्बन्धित उम्मेद्बारको नाम लेखिएको कोठामा स्वस्तिक छाप लगाउनु पर्ने र त्यस बाहेकको मत संकेत प्रयोग भएकोमा बदर हुने निर्णय बैठकमा भएको छ ।

    संघीय संसद र प्रदेश सभाको अलगअलग मतगणना हुने छ भने मतगणनामा उम्मेदवारका निर्वाचन प्रतिनिधि र एकएक जना गणना प्रतिनिधि रहनेछन् । मतगणना पश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने छ ।

    उक्त राष्ट्रपति निर्वाचनका लागि नेपाली काँग्रेसकातर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार