Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिका लागि ओलीले गरे मतदान


    बिहिबार, फाल्गुन २५ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसद् भवनमा जारी राष्ट्रपति निर्वाचनमा पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । आज बिहान १० बजेदेखि जारी मतदानमा ओली १२ बजेपछि मतदानस्थल पुगेका थिए ।

    एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार रहेका छन् । यस्तै, नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन्।

    मतदानको समय देउँसो ३ बजेसम्म तोकिएको छ । मतदानको परिणाम पनि आज बेलुकानै घोषणा गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार