Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिमा भोट हालेपछि लडेर सांसद न्यौपाने घाइते, अस्पतालमा भर्ना


    बिहिबार, फाल्गुन २५ २०७९
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा जारी राष्ट्रपति निर्वाचनमा भोट हालेर फर्किँदै गर्दा प्रदेश सांसद गोविन्द न्यौपाने अस्वस्थ भई लडेर घाइते भएका छन् ।

    मतदानस्थलमा भोट हालेर फर्किँदै गर्दा नेकपा एकीकृत समाजवादीका सांसद न्यौपाने ब्लड प्रेसर बढेका कारण ढल्न पुगेका हुन् ।

    उनको टाउकोमा चोट लागेको छ। उनलाई बानेश्वरको संसद भवनअगाडि रहेको सिभिल अस्पताल उपचारकालागि पुर्‍याइएको छ ।

    ७१ वर्षीय सांसद सप्तरी ४ (१)बाट निर्वाचित भएका थिए । उनी मधेस प्रदेशका ज्येष्ठ सदस्य हुन् ।

    ज्येष्ठ सदस्यको हिसाबले उनले यसैपटक प्रदेशसभाको अध्यक्षता गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार