Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?


    बिहिबार, फाल्गुन २५ २०७९
    4.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन बुधबार तोलामै १ हजारले घटेको सुनको मूल्य आज भने प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।

    नेपाल सुन-चाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

    अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबर भएको थियो।

    संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ घटेको छ।

    बुधबार प्रतितोला एक हजार दुई सय २५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार ५ रुपैयाँ घटेर प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबा भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार