काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम शृंखलाको पहिलो खेलमा पीएनजीविरुद्धको खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ ।उक्त अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेटको साथै ज्ञानेन्द्र मल्ललाई पनि गुमाएको छ।
ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका छन् । पीएनजीका रिले हेकुरेले तेस्रो विकेटसमेत लिएका छन् । २५औं ओभरको अन्तिम बलमा हेकुरेले मल्ललाई असद भालाको हातबाट आउट गराएका हुन् ।
ज्ञानेन्द्रले १४ बलमा १ चौका प्रहार गरे ।
नयाँ ब्याटरका रुपमा कप्तान रोहितकुमार पौडेल क्रिजमा पुगेका छन् । २५ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर १४० रन बनाएको छ । ओपनर आसिफ शेख ७७ रन बनाएर खेलिरहेका छन् ।
पालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । हेकुरेकै बलमा आउट हुनुअघि कुशलले ५६ बलमा ४५ रन बनाएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए ।
तेस्रो नम्बरमा आएका कुशल मल्ललाई पनि हेकुरेले नै २ रनको स्कोरमा आउट गरेका थिए । यस्तै, नेपालले २६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १४४ रन बनाएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend