Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र ११ रन बनाएर आउट


    बिहिबार, फाल्गुन २५ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम शृंखलाको पहिलो खेलमा पीएनजीविरुद्धको खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ ।उक्त अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेटको साथै ज्ञानेन्द्र मल्ललाई पनि गुमाएको छ।

    ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका छन् । पीएनजीका रिले हेकुरेले तेस्रो विकेटसमेत लिएका छन् । २५औं ओभरको अन्तिम बलमा हेकुरेले मल्ललाई असद भालाको हातबाट आउट गराएका हुन् ।

    ज्ञानेन्द्रले १४ बलमा १ चौका प्रहार गरे ।

    नयाँ ब्याटरका रुपमा कप्तान रोहितकुमार पौडेल क्रिजमा पुगेका छन् । २५ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर १४० रन बनाएको छ । ओपनर आसिफ शेख ७७ रन बनाएर खेलिरहेका छन् ।

    पालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । हेकुरेकै बलमा आउट हुनुअघि कुशलले ५६ बलमा ४५ रन बनाएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए ।

    तेस्रो नम्बरमा आएका कुशल मल्ललाई पनि हेकुरेले नै २ रनको स्कोरमा आउट गरेका थिए । यस्तै, नेपालले २६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १४४ रन बनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार