काठमाडौं। नेकपा एमालेका सांसद नेता योगेश भट्टराईले गठबन्धन छाडेर हिडेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आउने ठाउँ भएको तर जाने ठाउँ नभएको बताएका छन ।
आज राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका भट्टराईले पुस १० गते उनलाई ड्राइभिङको जिम्मा दिए पनि गाडी छाडेर भागेको उल्लेख गर्दै जाने ठाउँ नभएको बताएका हुन् ।
नेकपा एमालेसँग गठबन्धन तोडेर गएका प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई अघि बढने ठाउँ भने नभएको उनको भनाई छ ।
‘निर्वाचन पछि तीनवटा गठबन्धन भयो, चुनाव अघि एउटा गठबन्धन थियो, चुनाव पछि सरकार बनाउने बेला अर्को गठबन्धन बन्यो, राष्ट्रपति निर्वाचनको सन्दर्भमा अर्को गठबन्धन बनेको छ,’ भट्टराईले भने, ‘पुस १० गते गठबन्धन बनाउने क्रममा प्रचण्डलाई ड्राइभरको सिटमा राखेका थियौं, उहाँले गाडी नै छाडेर हिडनु भयो, प्यासेन्जरलाई दु:ख दिनु भयो, अब फर्केर आउनुहोला तर प्रचण्डलाई आउने ठाउँ छ, जाने ठाउँ छैन् ।’
अहिले राष्ट्रपतिको मतदान प्रक्रिया जारी छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend