काठमाडौँ। मुलकका लागि हुन गईरहेको तेस्रो राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया जारी रहेको छ। राष्ट्रपति उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि शितल निवासबाट बाहिर निस्किँदा सडक जाम हुने समस्या जनताले व्यहोर्न नपर्ने बताएका छन्।
आज जारी राष्ट्रपति निर्वाचनका लागि मतदान गरेर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफू निर्वाचित भए विगतमा जस्तो जनताले सास्ती नपाउने जिकिर गरेका हुन्।
‘राजतन्त्रको राष्ट्रप्रमुख र गणतन्त्रको राष्ट्रप्रमुखबीच भिन्नता तपाईंहरूले देख्नुहुनेछ,’ उनले भने, ‘म राष्ट्रपति भएपछि शितलनिवासबाट राष्ट्रपति बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु पर्दैन।’
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान १० बजेदेखि मतदान कार्य जारी रहेको छ।
राष्ट्रपतिका लागि सत्ता गठबन्धनका तर्फबाट पौडेल उम्मेदवार छन् भने एमालेका तर्फबाट पूर्वसभामुख समेत रहेका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।
यतिबेला रामचन्द्रसहित केही शीर्ष नेताहरूले मतदान गरिसकेका छन्।
निर्वाचन आयोगका अनुसार मतदान कार्य दिउँसो ३ बजेसम्म चल्नेछ र मतदान सकिएसँगै आजै मत गणना गरी साँझ सात बजेसम्म नतिजा आउनेछ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend