Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको टिप्पणी- राष्ट्रपति भण्डारीको कार्यकाल नेपाली महिलाका लागि निकै गर्वको विषय हो


    बुधबार, फाल्गुन २४ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक र सही ढंगले सम्पन्न भएको बताएका छन्।

    राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै अध्यक्ष ओलीले उनको यस खालको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरूको लागि अत्यन्तै गर्वको विषय भएको दाबी गरेका छन् ।

    आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको बताए।

    अध्यक्ष ओलीले महिलाहरू अब प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताए।

    साथै आज महिला दिदीबहिनीहरूले गौरव गर्नुपर्छ कि विद्या भण्डारीजस्तो तपाईंहरूको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले, त्यस आन्दोलनको उपजले त्यहाँ पुगेको व्यक्तिले देशलाई ७ वर्षसम्म राष्ट्रप्रमुखको हैसियत हैसियतमा सेवा गर्नुभयो,’ ओलीले भने,‘अघिल्लो कार्यकालको उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर दोस्रो पटक फेरि राष्ट्रपति बनाइएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार