Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता


    बुधबार, फाल्गुन २४ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटघाट भएको छ ।

    बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो । उक्त भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार विप्लवले विगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका वन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले उक्त तीन बुदे सहमति अनुसार कामहरू अगाडि बढाउने जवाफ दिएको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार