Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युएई र पपुवा न्युगिनीसँग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा


    बुधबार, फाल्गुन २४ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजका लागि १४ सदस्यी क्रिकेट टोली घोषणा गरेको छ ।

    बिहीबार देखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको क्यानले युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीलाई भने टिममा फर्काएको छ । तर, अन्य खेलाडी कुनै परिवर्तन गरेको छैन ।

    नेपालले बिहीबार टियु मैदानमा पपुवा न्युगिनीसँग खेल्दैछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।

    नेपाली टोली

    रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार