काठमाडौं। कांग्रेससहित नौ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका मतदातालाई भोलि बुधबार बिहानसम्म काठमाडौं आइपुग्ने निर्देशन दिएको छ ।
राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतादाता रहनेछन् । उनीहरु बुधबार बिहान ११ बजेभित्र काठमाडौं आइपुग्न र सम्बन्धित दलमा सम्पर्क गर्न निर्देशन दिएको हो ।
मंगलबार बसेको गठबन्धनको कार्यदलको बैठकले मतदातालाई बुधबार बिहान ११ बजेभित्र काठमाडौं आइपुगेर सम्बन्धित दलको सम्पर्क पुग्न निर्देशन दिएको हो ।
गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनतम, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी आवद्ध छन् ।
उक्त दलले राष्ट्रपति निर्वाचनका लागि गठन गरेको कार्यदलको मंगलबारको बैठकले उक्त निर्देशन दिएका कार्यदलका संयोजक तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend